दमकमै पहिलो पटक नेपथ्य व्याण्डले सांगीतिक उत्सवकै लागि खुल्ला कन्सर्ट गर्ने

नयाँ बुलन्द

दमक : नेपालको चर्चित साङ्गीतिक ब्राण्ड नेपथ्यले झापाको दमककमा बिशाल साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । ने

पथ्य ब्याण्ड स्थापना भएको २५ वर्ष पुरा भएको अवसरमा नेपथ्यले नेपालको दुई ठाउँमा आफ्नो साङ्गितीक प्रस्तुती देखाउन लागेको पुर्वाञ्चल रक, जय मिडिया म्यानेजमेण्ट र थ्रि इकं भिजनको संयुक्त संयोजकत्वमा हुने यश कन्सर्टबारे मंसिर १३ गते दमकमा एक पत्रकार सम्मेलन गरि अायाेजकहरूले कार्यक्रमकाे सार्वजनिक गरेका छन । दमकलाई संगितमय अर्थात् सांगीतिक उत्सव वनाउने उदेश्यले दमकमै पहिलो पटक नेपेथ्यले खुल्ला मञ्चमा कन्सर्ट गर्न लागेको आयोजकले जनाएको छ ।

नेपथ्यले आगामी पुस २८ गते दमकको सरस्वती माद्यमिक बिद्यालयको प्राङ्गणमा कम्तिमा ५ हजार दर्शकका बिच कार्यक्रम गर्न लागेको हो । थ्रि लिकं भिजनका प्रमुख रवि श्रेष्ठलेभने,`पुर्वाञ्चल रक, जय मिडिया म्यानेजमेण्ट र थ्रि इकं भिजनको संयुक्त संयोजकत्वमा नेपेथ्यको लाईभ कन्सर्ट गराउन ४० लाख ४० हजार लगानीमा दमक ल्याउन लागिएकाे हाे, यश कन्सर्टकाे लागि नेपेथ्य व्याण्डसंग मात्र २० लाख ३४ हजार रुपैयाँमा सम्झाैता भएको छ ।´ श्रेष्ठको अनुसार, `अमृत गुरुङले लगातार २ घण्टा नेपेथ्य ब्याण्डका नयाँ पुराना गीतहरु प्रस्तुत गर्ने कार्यक्रमकाे लागि पूर्वाञ्चलका बिभिन्न २० ठाउँमा टिकट बिक्री केन्द्र छुट्याइएकाे छ भने, बिद्यार्थीका लागि ५ सय र अन्य दर्शकाका लागि १ हजार रुपैयाँ टिकट मुल्य तोकेको छ ।´

हरेक वर्ष विभिन्न च्यारिटी शो मात्र गर्दै आएको नेपेथ्यले यसपटक भने व्यवसासायिक रूपमा दमकमा हुने कन्सर्टलाई सांगीतिक उत्सवमय बनाउन दर्शकहरूलाई कार्यक्रम हेर्नकै लागि अाग्रह समेत गरेका छन । दमकमा गरिने प्रस्तुतीपछि नेपथ्यको अर्को कार्यक्रम नारायणघाटमा माघ १ गते हुने स्रोतले जानकारी गराएको छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार