नयाँ बुलन्द
झापा : आफना शेयर सदस्यहरुको आयआर्जन तर्फ उन्मुख गराउन उद्देश्यले यहाँस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले महिलाहरुलाई लक्षित गरेर दुई दिने अचार बनाउने तालिम शुरु गरेको छ ।
संस्थाले आफनै सभाहलमा शनिवार सहभागी गराएर अचार बनाउने तालिम दिन शुरु गरेको हो ।संस्था अध्यक्ष जीतमान राईले तालिमको उद्घाटन गर्दें महिलालाई आयआर्जन गर्न सघाउ पुग्ने उद्देश्यले अचार बनाउने तालिम प्रदान गरिएको बताएका थिए ।
सहकारीको महिला उपसमितिले आयोजना गरेको तालिममा अकबरे खोर्सानी , लफसी , आँप, कागती ,मुला गाजर , अमला, कोपीको अचार बनाउने तरिका र त्यसको प्रविधिको बारेमा प्रयोगात्मक सिकाई प्रदान गरिने प्रशिक्षक तथा केन्दीय प्रविधि क्याम्पस हात्तीसार धरानकी उपप्राध्यापक बविता अधिकारी दाहालले जानकारी दिईन् । तालिममा ५० जना महिला शेयर सदस्यहरुको सहभागीता रहेको सहकारीको महिला उपसमितिका संयोजक धनमाया थापा मगरले बताईन् ।