नयाँ बुलन्द
इलाम : लोकगायक चन्द्र श्रेष्ठले आधुनिक गीतमा संगीत भरेका छन् । श्रेष्ठले रोशन मेवाहाङको रचनामा रेवत राई र मेलिना राईको स्वरमा सजिएको ‘हिमाल झैँ माया…’ गीतका संगीत गरेका हुन् ।
पाँचथर फाक्क्तेपका तिलचन्द्र र मनमाया श्रेष्ठको कोखबाट जन्मिएका गायक श्रेष्ठले दुई दर्जन भन्दा धेरै गीतहरुमा स्वर दिइसकेका छन् । उनका ‘रमितै हेर्नु’, ‘फिदिम बसैमा’,‘मिलन चोकैमा’ जस्ता नेपाली लोक जुहारी तथा एकल गीतका एल्बमहरु गाँउघरमा चर्चित बनेका थिए । रेडियो नेपालबाट प्रसारण हुने ‘अनुरोध गीतको कार्यक्रममा’ चिठ्ठी लेखेर मनपरेको गीत अनुरोध गर्दै आफ्नो सांगीतिक यात्रालाई सुरुवात गरेका थिए ।
वि.स.२०५१ सालमा प्रवेसीका परिक्षा उर्तिण गरेपछि उनि काठमाडौँ तिर लागेका थिए । उनले १३ बर्षको उमेरमै ‘डाँडा पाखा बन अभागीलाई जता संझियो एक्लै एक्लो मन’ बोलको गीतलाई रेडियो नेपालमा पहिलो पटक रेकर्ड गराएका थिए । लिम्बूभाषाकोको समेत गीत रेकर्ड गराएका चन्द्रले वैदेशिक रोजगारमा छँदाका गीतहरु धैरै बनाएर गाएका छन् । यो गीत गायक रेवत राईको दोश्रो एल्बम लयमा समेटिने छ ।