शनिबार रमपम स्कुल ट्यालेन्ट हन्टको फिनाले

नयाँ बुलन्द

झापा : झापाको दमकमा जारी रमपम स्कुल ट्यालेन्ट हन्टको ग्राण्ड फिनाले कातिक २५ गते निवार हुने भएको छ । फिनाले चुम्न २० जना उत्कृष्ठ प्रतियोगि फाइनल राउण्डको प्रतिष्पर्धामा छन् ।

आयोजक संस्था सवाल नेपालका कार्यक्रम निर्देशक पवन शाहका अनुसार रमपम स्कुल ट्यालेन्ट हन्ट प्रतियोगिताको ग्राण्ड फिनालेको आवश्यक तयारी सकिएको छ ।

कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको क्षमता विकासमा जोड दिने उद्देश्यले तीन महिनादेखि प्रतियोगिता सञ्चालनमा रहेको शाह बताँउछन् । प्रतियोगितामा सिङीङ, डान्सिङ, मोडलिङ, पोयम/मेजीकलगायतका चार विद्या वीच प्रतिष्पर्धा गरिएको थियो । प्रतियोगितामा सहभागि बन्न पूर्वको दमक, विर्तामोड, काकड्भिट्टा, गौरादह, गौरीगञ्ज, केर्खा,झिलझिले, मोरङको उर्लाबारी ,पथरी ,विराटचौक, इलामको चुलाचुली लगायतका स्थानमा अडिशन गरिएको थियो । ट्यालेन्ट हन्टमा करिव २५ सय छात्र,छात्रा विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका उत्कृष्ठ पाँच चुनिने छन् भने एक जना विजेताले एशियन थाई फूड्सको एक बर्षका लागि ब्राण्डएम्बेसडरसहित छात्रबृति ,आर्कषक गिफ्ट ह्याम्फर पाउने छन् । प्रतियोगितामा चुनिएका पाचौ जनालाई पूर्वाञ्चल टुवर,लाइभ कन्सर्टसहितका कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम निर्देशक शाहले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार