गुँरास झैँ मुहारले सोल्टी अनिल ठहरै

चेतन आङथुपो

चुलाचुली : गाउँ आउँदै गरेकी सोल्टीनी (केकी अधिकारी) लाई लिन बस विसौनीमा खुसीले दौडिएर बस  रौकेकै ठाउँमा ब्याग खौस्‍न पुग्छ, सौल्टी (अनिल सुब्बा) । चञ्चली सोल्टीनी पानी खान धारामा पुग्छिन्, सोल्टीनीको हेन्ड व्यागलाई स्पर्श गर्दै पुलकित नजरले गुराँस झैं मुहार हेर्न बसेको सोल्टीको मुड खुसीले अगाडिपछाडि  भिरेको व्याग बोकेर नाच्दै सोल्टीनीसँगै, वनभोज खान आएको समूहमा मिसिन पुग्छ । जहाँ गायक विनोद राई सोल्टी, सोल्टीनीबीच अवरोध बन्न आईपर्छ, त्यहीबाट मोटरमा चडाएर सोल्टीनी लगिदिएपछि अनिल ठहरै हुन पुग्छ । दुवै हातमा ब्याग लिएर उठेको अनिल अलमल्लमा छोडिन्छ । यो भखरै युट्वुमा सार्वजनिक भएको गायक विनोद राईको “पारो” एल्बमको तेस्रो म्युजिक भिडियो गुँरास झै मुहार … को दृश्य चर्चा थियो ।

अनिल सुब्बाको अभिनयमा आफ्नोपन देखिनाले भिडियो अब्बल बनेको छ । इलाम चुलाचुली रंगमञ्चबाट अभिनय यात्रा सुरू गरेका उनले नेपाली  रंगमञ्चमा अब्बल अभिनय गर्दै आएका रंगकर्मी अनिल सुब्बाले गायक डम्बर नेपालीको  ‘की जंगे जेलमा की जंगे रेलमा… ‘, गीतको म्युजिक भिडियोबाट डिव्यु गरेका उनले विनोद राईको ‘आलै छ माया… ‘, गीतको म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् ।

४ मिनेट समय रहेको भिडियो हाईलाइट नेपालले सार्वजनिक गरेका हुन् । कला संग्रौला निर्देशन भिडियो गीतमा   प्रकाश आाङदेम्बेको शब्द, बाबू बोगटीको संगीत रहेका भिडियोमा केकी अधिकारी, रंगकर्मी अनिल सुब्बाको क्यामेस्टि रहेपनि स्वयम् गायक विनोद राई पनि छन् । म्यूजिक भिडियोमा मनीकुमार राईको कोरियोग्राफी तथ उज्वलको छायांकन रहेको छ ।

भिडियोमा गाउँले परिवेशमा आधारित कथा रहेको निर्देशक संग्रौलाले बताइन् । गायकले यस भन्दा अघि ‘पारा’ एल्वममा समाविष्ट दुई वटा गीतको म्यूजिक भिडियो ल्याइसकेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार