मंगलवारेमा ‘सगुन साँझ’

नयाँ बुलन्द

झापा : झापाको कमल गाँउपालिका-५ स्थित सगुन युवा क्लवले बुधबार सगुन सांगीतिक साँझको आयोजना गरेको छ । क्लवले स्थानीय दुर्गा मन्दिरको सभाहलमा विभिन्न गीत,नृत्यसहितको कार्यक्रम गरि सगुन साँझ सम्पन्न गरिएको क्लवका अध्यक्ष देवेन्द्रराज आङदेम्बेले बताए । कार्यक्रम साँझ छ वजेदेखि १० वजेसम्म चलेको थियो ।

क्लवले दीपावली,छठ पर्वका अवसर पारेर बर्सेनी मनोरञ्जनपूर्ण सगुन साँगीतिक साँझको आयोजना गर्दें आएको छ ।

कार्यक्रममा वरिष्ठ लोकगायक एलपी जोशी, धनकुटे कान्छासहित स्थानीय एक दर्जन बढी कलाकारहरुले आफना गीत,नृत्यहरु प्रस्तुत गरेका थिए । ८३ बर्षिय गायक जोशीले रिटिङ रिटिङ नवजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो भनेर’ जस्ता चर्चित लोकगीत गाउदै दर्शकलाई नचाएका थिए । बुढो गीतमा बृद्ध मात्र होइन् तन्नेरी पुस्ताहरु खुलेर नाचेका थिए ।

त्यस्तै धनकुटे कान्छाले विभिन्न चराचुरुङीको आवाजलाई क्यारिकेचर गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए ।

रात छिप्पीदै गर्दा स्टेजमा जोशिदै पुगेका जोशीले आफना दुई वटा गीत गाएपछि अव गायिका इन्दिरा जोशीसंग गाउने इच्छा सुनाए । ‘ यो बुढोलाई तन्नेरी गायिका इन्दिरासंग गाउने इच्छा छ’ जोशीले आफनो गायन छ दशक यात्राको अनुभव सुनाउदै भावी योजना सुनाए । सोही अवसरमा क्लवले गायक जोशीलाई सम्मान समेत गरेको थियो । नेपाली गीतसंगीतका क्षेत्रमा योगदान पुर्याँएवापत जोशीलाई सम्मान गरिएको थियो ।

क्लवले दीपावलीमा सामूहिक रुपमा देउसी,भैलीका रुपमा सगुन साँझ कार्यक्रमको आयोजना गरिआएको क्लवका उपाध्यक्ष दीपेन्द्र राई बताँउछन् । कार्यक्रममा क्लवले आफना प्रतिभा प्रस्तुत गर्ने सहभागि कलाकारहरुलाई प्रशंसा पत्र समेत वितरण गरेको थियो । कार्यक्रममा स्थानीय सामाजिक व्यक्तित्व दीलीप राई, राजनीतिज्ञ पूर्णानन्द शर्मा, मंगलवारे वजार प्रबन्ध समितिका संयोजक हुकुमसिंह राई, विवेक मिश्र, महिला नेतृ पदमकुमारी राईसहित स्थानीय बासिन्दाहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार