न दशैँ आउँछ मलाई न तिहार आउँछ
हुनेहरुको नै पर्वहरू बारम्बार आउँछ
तिम्रो राजमार्ग छेउ सजिन्छ गमलाले
मेरो गोरेटोमा त फूलको पनि धार आउँछ
पेटकै लागि यो माटो पसिनाले भिजाकोछु
यहाँ, मेरै कठालो समाउन सरकार आउँछ
मेरै सीपले यो देशको महलहरु बनेको हो
किनअझै म माथि यस्तो अत्याचार आउँछ
तिमीलाई सँधै मङ्सिर छ राजधानीमा
यो जीवनमा त बाह्रैमास असार आउँछ