कोजाग्रत पूर्णिमामा साँस्कृतिकसहित सम्मान कार्यक्रम

कार्यक्रमको उद्घाटन गर्दें गाँउपालिका अध्यक्ष श्रेष्ठ

नयाँ बुलन्द

झापा : कोजाग्रत पूर्णिमाको अवसर पारेर जिल्लाको गौरीगञ्ज गाउँपालिका – १ मा पर्ने महाभाराको भन्सार बजारमा बिहीबार बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रम गरिएको छ ।

स्थानीय द हन्टर यूवा समूहले राष्ट्रिय कलाकारहरुका अतिरिक्त स्थानीय लोपोन्मुख सन्थाल जातिको परम्परागत नृत्यका साथ बजार स्थापनाका लागि जग्गादान गरेका दाताहरुलाई सम्मान समेत गरेको हो ।

भन्सार बजार स्थापनाका लागि करिब २२ बर्ष अघि निशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरु यामबहादुर साम्सोहाङ लिम्बु , हर्कमाया लिम्बु र कपिलमणी (काँशीराम) पौडेललाई सम्मान गरेको हो । हर्कमायाको परिवारका तर्फबाट नातेदार चन्द्रबहादुर साम्सोहाङले सम्मान पत्र ग्रहण गरेकी थिइन ।

गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल उद्योग व्यवसायी महासंंघ प्रदेश नम्बर १ का संयोजक एलपी साँवा,दलित सञ्जाल झापाका सचिव सुशील बराईलीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बुटबल आईडल एन्जिला रेग्मी, गायक रेवत राई , इसक राई र केवी राईसहित स्थानीय कलकारहरुको प्रस्तुति रहेको थियो भने सदाबहार सांगितिक समूह शिवसताक्षीका दिपक तामाङ नेतृत्वको टोलीले नृत्य र हाँस्यव्यङग्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएको थियो ।

त्यस अवसरमा गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापा र वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवशींं र स्थानीय राजनीतिक तथा सामाजिक व्यक्तित्व विद्यानन्दसिं राजवशीं ले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजक विष्णु पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव टंकमणी राईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार