कन्याममा कटेज थपिएपछि बढे पर्यटक

इलाम : इलामको सूर्योदय नगरपालिका–६ कन्याममा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ‘कन्याम भिलेज कटेज’ सञ्चालनमा ल्याइएको छ।

‘चिया र पर्यटन साथ–साथै’ भन्ने नाराका साथ सो कटेज सञ्चालनमा ल्याएको हो। ४५ लाख रुपैयाँको लागतमा तयार पारिएको कटेजमा अर्ग्यानिक तरकारी, स्थानीय जातका कुखुरा, खरायो लगायतका खानाका परिकारका साथै लजको समेत व्यवस्था छ। कन्यामलाई प्लास्टिकमुक्त अभियानमा सहयोग गर्ने उद्देश्यले कटेजमा प्लास्टिक निषेध गरिएको सञ्चालक टेकराज गिरीले बताए।

विभिन्न स्थानबाट कन्याम घुम्न आउने पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको कटेजमा क्याम्पिङ फायर, मिटिङ हल लगायतको व्यवस्था छ। पर्यटकलाई आकर्षित गर्न इन्टरनेटको समेत व्यवस्था गरिएको उनले बताए।

कटेजमा आएका पर्यटकलाई इलामकै उत्पादन ग्रीन टिले स्वागत गरिन्छ। पर्यटकलाई लक्षित गरेर सञ्चालनमा आएको कटेजले इलामको पर्यटन प्रवर्द्धनमा टेवा पुर्या उने सूर्योदय नगरपालिकाका प्रमुख आरबी राईले बताए।

असोज महिना लागेसँगै कन्याममा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्न थालेको छ। खुल्ला मौसममा कञ्चनजंघा हिमाल र मनोरम चियाबारीको दृश्य हेर्न पर्यटक आउने गरेका छन्।रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार