इलाममा ‘फरक आयाम’ को साहित्यिक जमघट

कार्यक्रमका सहभागी अतिथीहरु । तस्विर : स्पर्श अतित योङहाङ

नयाँ बुलन्द

इलाम : पूराना स्थापित र नयाँ पुस्ताका साहित्यकारबीच बिहीबार इलाम सदरमुकाममा साहित्यिक जमघट भएको छ । पुराना र नयाँ पुस्ताका सर्जकहरु एकै मञ्चमा उभिएर साहित्यकि खुराक पस्कने अवसर ‘फरक आयाम’ ले जुराएको हो ।

साहित्य क्षेत्रमा १ वर्षदेखि क्रियाशिल इलामको ‘फरक आयाम’ नामक संस्थाले बडा दसैंका अवसर पारेर घटस्थापनाको दिन वृहत साहित्यक तथा रचना वाचन कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा पूर्वका स्थापित पुराना र नयाँ पुस्ताका सर्जकहरुले एकै मञ्चमा उभिएर साहित्य वाचन गरेका थिए । माया पिरती, देश प्रेम, हाँसो र आँशुका कुरा साथै समसामयिक विषयमा सर्जकहरुले साहित्य प्रस्तुुत गरेका थिए ।

साहित्य वाचनमा झापाका केशव आचार्र्य, पाँचथरका धर्मेन्द्र नेम्वाङ, इलाम चुलाचुलीका सुन्दर कुरुप, झापाकै मेची पुत्रले साहित्य प्रस्तुत गरेका थिए । सो कार्यक्रममा इलामका विमल वैद्य, डा. देवी क्षेत्री दुलाल, प्रकाश थाम्सुहाङ, वसन्त थाम्सुहाङ, अभागी थेगुवा, महेन्द्र विरही, सोम निरौला, शिशिर भट्टराई, भरत ढुङ्गाना, टीका ढुङ्गाना, प्रतिभा पौडेल, लत्ता पौडेल, विवश बलभद्र कोइराला, मुनाराज शेर्मा, राजेन्द्र बराल, अर्जुन योङहाङ, शुसिला रिसाल, प्रकाश योङहाङ, निर्मल दियाली, युविर चेम्जोङ लगायतले कविता, गजल, गीत तथा मुक्तकहरु वाचन गरेका थिए ।

श्रष्टाले हृदयस्पर्षी साहित्य प्रस्तुुत गरिरहँदा जिल्ला समन्वय समिति इलामको सभालह तालिले गुञ्जयमान हुन्थ्यो । झनै माया पिरतीका कुरा उठाउँदा हुटिङ थपिन्थ्यो । नयाँ पुस्ताका सर्जकले बढि माया पिरतीका कुरा उठाउँथे । पुराना श्रष्टाहरुले विशेषतः समसामयिक कुरालाई जोड दिएर साहित्य पस्किएको आभाष हुन्थ्यो । नयाँ श्रष्टालाई पाठ सिक्ने थलोका रुपमा सो कार्यक्रमलाई लिन सकिन्थ्यो ।

फरक आयामका अभियान्ता महेन्द्र विरहीको अध्यक्षता तथा साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा इलाम, झापा र पाँचथरका श्रष्टाहरुको सहभागिता रहेको थियो ।

पछिल्लो समयमा परक आयामले जिल्लामा साहित्य सम्वन्धि छलफल, बहस तथा साहित्यिक जमघट गर्दै आएको छ । यस संस्थामा जिल्लाका नया तथा पुराना सर्जक अटाएका छन् ।

‘सिद्धान्त र सुत्र भन्दा बाहिरा पनि सुन्दर संसार छ’ भन्ने नाराले नेपाली साहित्यमा रहेको पुरानो सिद्धान्तलाई पछार्न खोज्दै फरक आयाम इलाममा गत वर्ष जन्मिएको फरक आयामका अभियानता सुमन ल्वागुन क्षितिजले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार