भोक लाग्दा पटुकी कस्ने ती मेरी आमा
मेरा लागि आफ्ना घुडां धस्ने ती मेरी आमा ।।
खोजी चामल पकाई भात दिदां खेरी मलाइ
नपूग्दा भोकै आफू बस्ने ती मेरी आमा ।।
चाहाना ती हजारौ पूरा गर्न लाई मेरो
आफ्नु खुसी आफै डस्ने ती मेरी आमा ।।
घर गोठ काम गरी मलाई पढ्न पठाउंदा
खोज्दा दाउरा भीर बाट खस्ने ती मेरी आमा ।।
पढाईलेखाई सन्तानलाई ठूलो पार्ने सपना त्यो
बोकी भाडा साउको घर पस्ने ती मेरी आमा ।।