चुलाचुलीको छुट्टाछुट्टै स्थानमा कार्यक्रम

चेतन आङथुपो

चुलाचुली : बालबालिकाकJ प्रतिभा पहिचान कार्यक्रम चुलाचुली गाउँपालिकाको जनता सामुदायिक विद्यालयमा सम्पन्‍न भएको छ । चुलाचुली बाल संजाल र हातेमालो बाल क्लवको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्रोत केन्द्र स्तरीय बाल प्रतिभा पहिचान कार्यक्रममा दर्जन विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूको सहभागी रहेको थियो ।

कार्यक्रममा नृत्यमा १८ जना, अभिनय ३ जना, वक्तृत्व कलामा ५, गायनमा ९ , कविता, चित्रकला लगायत विधामा विद्यार्थीहरूले प्रतिभा प्रस्तुति गरेको बाल संजालका अध्यक्ष सन्तोस गिरीले जानकारी दिए ।

त्यस‌‌ैगरी चुलाचुली गाउँपालिका हलमा नेपाल लिटरेरी ग्रुप दमक झापाको आयोजना र चुलाचुली साहित्य समाज इलामको सहकार्यका भएको कार्यक्रममा अनप्लग कविता साँझ सम्पन भएको छ । उक्त कार्यक्रममा कवि विवस पोख्रेल, ढाका पराजुली र राजकुमार सुब्बाले २५/२५ मिनेटको अन्तरमा कविता सुनाएका थिए ।

कवि शरण मुकारूङ, प्रकाश बुढाथोकीको प्रमुख अतिथी रहेको कार्यक्रममा इलाम, झापा, मोरङ र सुनसरी लगायतका कवि तथा साहित्यकारहरूको उपस्थिति रहेको थियो  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार