लन्डन : स्टैन्फर्ड यूनिवर्सिटीका एक प्रफेसर हैंक ग्रीलीले बच्चा जन्माउनका लागि सेक्स आवश्यक नरहने बताएका छन् । हैंक, स्टैन्फर्ड ल स्कूलको सेन्टर फर ल ऐंड द बायोसाइंसेजका डायरेक्टर हुन् ।
हैंकले आउने ३० दशकपछि प्रजनन् प्रक्रियामा धेरै परिवर्तन आउने बताएका छन् । बच्चा जन्माउनका लागि आमाबाबुलाई अप्शन रहने उनले बताएका छन् ।
डीएनए ल्याबमा तयार गरिएका अलग–अलग प्रकारका भ्रुणमा आफूलाई मन पर्ने भ्रुण मिसाइ दिए पुग्नेछ । त्यसपछि आफू अनुकूल बच्चा जन्माउन सकिने उनले आफ्नो अध्ययनको रिपोर्टमा जनाएका छन् ।
भ्रुण छानबिन गर्ने बेला सबै किसिमको संभावित बिमारीका बारेमा पनि ध्यान राखिनेछ । स्टैन्फर्डका ती प्रफेसरले यो प्रक्रियाका बेला आमाबाबुले आफ्नो बच्चाको आँखा र कपालको रंग समेत छान्न पाउने छन् । – एजेन्सी