राज लाबुङको ‘माग’ बजारमा

जीवन लिम्बू

इलाम : गायक राज लाबुङको नयाँ एल्वम ‘माग’ बजारमा आएको छ । एल्वममा ६ वटा गीत समावेश गरिएको छ ।

यसअघि मिम (माया), नोमिम, मिक्सेन जस्ता एल्वम वजारमा ल्याईसेको लावुङले राष्ट्रिय लिम्बुवान कलेक्सनमा पनि आफ्नो गीत दिइ सकेका छन् । लावुङले दर्शक, स्रोताहरुको माग अनुसार नयाँ एल्वम वजारमा ल्याएका बताए ।

ताप्लेजुङको इखाबुमा जन्मेर संगीत यात्रामा निरन्तर लागेका लावुङ हाल काठमाण्डौलाई अस्थाई बसोबास बनाएका छन् । विषेशगरी मौलिक लिम्बू गीत गाउँन मन पराउने लाबुङले लिम्बू भाषाका गीतहरुमा पनि आफ्नो स्वर दिइसकेका छन् । लोक, पप विधाका गीत धेरै मन पराउने गायक लावुङ आफुलाई भर्सटाइल गायकको रुपमा चिनाउछन् ।

बजारमा आएको नयाँ एल्वम ‘माग’ का अडियो सार्वजानिक भएता पनि गीतका भिडियो भने सार्वजानिक भएका छैनन् । गीतका भिडियो पनि चाँडै नै बजारमा आउने लावुङले बताए।

लावुङले वजारमा आएको नयाँ एल्वममा समावेश गीतहरु एक पटक सुनिदिन दर्शक स्रोतालाई अनुरोध गर्दै एल्वम प्रतिको प्रतिक्रिया दिन पनि अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार