फक्तालुङ आइडल दोस्रो संस्करणको अडिसन धमाधम

सोमबार झापाको दमकमा सम्पन्‍न फक्तालुङ आइडलको पहिलो चरणको अडिसनमा भाषिक गीत प्रस्तुत गर्दै ८५ वर्षीया राजमती शेर्मा । तस्विर : सुसन राई

नयाँ बुलन्द

झापा : लिम्बू भाषाका मौलिक गीतहरुको संरक्षण र सम्बद्धन गर्ने उद्देश्यका साथ फक्तालुङ सयङ केन्द्रीय कार्य समितिले फक्तालुङ आइडलको दोस्रो संस्करण अन्तर्गतको पहिलो चरणको अडिसन सोमबार झापाको दमकमा सम्पन्न गरेको छ ।

दमकमा सम्पन्न फक्तालुङ आइडलको पहिलो चरणको अडिसनमा ८५ वर्षीया राजमती शेर्माले समेत भाग लिएकी र उनी दोस्रो राउडको लागि छनोट समेत भएकी छिन् ।

विभिन्न स्थानहरुमा पहिलो चरनको अडिसन सम्पनन गरिसकेको र अब भदौ २१ गते मोरङ, भदौ २३ गते सुनसरी, भदौ २५ गते धनकुटा, भदौ २७ गते संखुवासभा र भदौ २९ गते तेह्रथुममा पहिलो चरणको अडिसन सम्पन्न गर्ने कार्यक्रम रहेको सयङका सदस्य जेपी नेम्बाङले जानकारी दिए ।

लिम्बू मौलिक भाकाहरु हाक्पारे, पालाम, ख्याली, तुहा, ताम्के आदी गीतहरुमा प्रतियोगिता हने बताइएको फक्तालुङ आइडलको फाइनल चासोक तङ्नामको अवसरमा उपत्यकामा सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।

दमक अडिसनबाट १० जना प्रतियोगिहरु छनोट भएका छन् । जसमा सुवास योङहाङ, शोभा योङहाङ, थानाहाङ तिगेला, धनकुमारी शेर्मा, कविन्द्र शेर्मा, खगेन्द्र चेम्जोङ, विष्णुमाया चेम्जोङ, दिलिप पुरुम्भो र तुपेन्द्र येक्तेन छनोट भएका हुन ।

फक्तालुङ आइडलमा विभिन्न स्थानहरुबाट छनोट हुनुभएको सम्पूर्ण प्रतियोगिहरुलाई दोस्रो चरणको प्रतियोगिता सुनसरीको धरानमा अशोज ३ गते सम्पन्न गर्ने र उक्त प्रतियोगिताबाट टप १० जना छनोट गरि फाइनल राउडमा लगिने सयङका अध्यक्ष भवानी विक्रम सम्वाहाम्फेले बताए ।

दोस्रो फक्तालुङ आइडल विजेताले १ लाख नगद सहित ट्रफि, ३ वटा गीत रेकर्ड र विदेश भ्रमण गर्न पाउने साथै दोस्रो हुनेले ५० हजार नगद सहित ट्रफि र तेस्रो हुनेले नगद २५ हजार सहित ट्रफि पाउने अध्यक्ष सम्वाहाम्फेले बताए ।

मौलिक गीत संगीतको चेतना सहितको प्रतिभाहरुको छनोट गरि नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गरि अन्तराष्ट्रिय स्तर सम्म यसको सन्देश पुर्याउने मुख्य लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको सयङका महासचिव कंचन लिम्बुले बताए ।

दमकमा सम्पन्न पहिलो चरणको अडिसनमा निर्णायकको रुपमा मुन्धुमी गायक यासेली योङहाङ, याक्थुम मुन्चइत चोक सयङका महासचिव विक्रम फागो वनेम र साहित्यकार शेसेमीसे नाल्बो रहका थिए ।

लिम्बू भाषिक गायक गायीकाहरुको साझा संस्थाको रुपमा रहेको फक्तालुङ सयङले प्रथम फक्तालुङ आइडल २०६४ सालमा सुनसरीको धरानमा सम्पन्न गरेको प्रथम फक्तालुङ आइडल तेह्रथुमका रविकिरण लिम्बु भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार