काठमाडौं : एक वर्षअघि कलाकारिता क्षेत्रमा हात हालेकी प्रमिला न्यौपाने मोडलिङ क्षेत्रमा संघर्षरत छिन् । टेलिसिरियलमा अभिनय र म्युजिक भिडियोमा मोडलिङमा जम्दै गर्दा उनको माग फिल्ममा पनि आयो ।
‘बिन्दास लाइफ’ फिल्मबाट उनले डेभ्यु गरिन् । रोल मोडलको रुपमा आफूलाई स्थापित गर्न चाहेको बताउने न्यौपाने मिहेनतमा विश्वास गर्छिन् । उनी भन्छिन ‘कलाकारिता क्षेत्रमै भविश्य बनाउन चाहन्छु । म अरु कोहीसँग तुलना गर्दिन । सफल मोडल प्रमिला न्यौपाने नै बन्छु ।’ प्रेम विना जीवन अधुरो रहने बताउँछिन् उनी ।
भन्छिन् ‘प्रेम त आमाबुबा, दाजुभाई, दिदीबहिनी, साथीभाई जोसँग पनि हुन्छ । प्रेम विनाको जीवन अधुरो रहन्छ ।’ तर उनी प्रेमीसँगको प्रेम सम्बन्धमा भने नरहेको बताउँछिन् ।
सेक्सको विषयमा उनी उदार छिन् । मन मिल्ने केटा भए सेक्स सम्बन्ध राख्न सकिने उनको विचार छ । तर उनले आफू अहिलेसम्म भर्जिन नै रहेको दावी गरिन् । सेक्सलाई व्यापारको रुपमा प्रयोग गर्न नहुने उनको तर्क छ ।