रगुनले गरे प्रेमिकाको प्रशंसा

नयाँ बुलन्द

इलाम : स्थानिय स्तरमा रहेर सङ्गीतमा सक्रिय रहनु, निरन्तर साधना गर्नु, गायनमा निखारता ल्याइनु अनी एक पछि अर्को एल्बम वजारमा पस्किनु पक्कै पनि सामान्य कुरा हैन ।

गाउँ स्तरमा रहेर पनि गित सङ्गीतमा उत्तिकै जम्न सकिन्छ भन्ने उदाहारण प्रस्तुत गरेका छन् इलाम सूर्योदय नगरपालिकाका गायक रगुन गुरुङले । मोफसलमै बसेर आधुनिक विधाको संगीतमा सक्रिय गायक गुरुङले दोस्रो एल्बमको तयारी थालेका छन् । दोस्रो एल्बमको ‘छेउमा आएँ बोलाए’ गीत रिकर्ड भएको छ । काठमाडौंको ड्रिम्स रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत प्रेम र रोमान्समा आधारित छ ।

कुमार विवाहितको शब्द र नारायण सुवेदी ‘आभाष’को संगीतमा तयार भएको गीतलाई स्टुडिभित्रै भिडियो पनि कैद गरेर युट्यूबमा राखिएको छ । ‘प्रियता’ पछि उनी दोस्रो एल्बमको तयारीमा छन् । पूर्वी नेपालका अधिकाशं स्टेज सोहरुमा देखिने रगुन आधुनिक गायन क्षेत्रका प्रतिभाशाली गायक मानिन्छन् ।

पेशाले उनी शिक्षक हुन् । सुर्योदय नगरपालिकामा निजि विद्यालय सञ्चालन गरेर वसेका उनी गितसङ्गीतमा पनि उत्तिकै सक्रिय छन् । पहिलो एल्बम श्रोताले मन पराए पछि दोस्रो एल्बम सहित वजारमा आउने तयारी गरिरहेका रगुन सानै उमेरदेखी गित सङगीतमा विशेष चासो राख्दथ्ये ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार