आयो ‘चुचुरो अनि स्वास्नीमान्छेहरू’


नयाँ बुलन्द

काठमाडौं : इलामे युवा ऋजन मायालुले पहिलो कविता संग्रह ‘चुचुरो अनि स्वास्नीमान्छेहरू’ पाठकमाझ ल्याएका छन् ।

राजधानीको पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा अध्ययनरत कवि मायालुको कविता संग्रह बुधबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाले विमोचन गरे । शंकरदेवकै विद्यार्थी मिलेर आयोजना गरेको विमोचन कार्यक्रममा पत्रकार तथा लेखक सचित राई र कवि प्रोल्लास सिन्धुलीयले उक्त कृतिमाथि टिप्पणी गर्दै साहित्यिक क्षेत्रमा मायालुले दरिलोसँग उपस्थिति जनाएको धारणा व्यक्त गरे । कविता लेखनमा अभ्यास पक्षको चर्चा गर्दै उनीहरूले यसमा ध्यानदिन कविलाई सुझाव दिएकाथिए ।

राष्ट्रिय गानका सर्जक माइलाले पनि मायालुले नेपाली साहित्यजगतलाई राम्रो कविता–कृतिदिएको धारणा व्यक्त गरे । यस कृतिमार्फत कविको परिपक्वता देखिएको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार