नवमीमा साँस्कृतिक कार्यक्रम

नयाँ बुलन्द

नवमी : हिन्दु नारीहरुको चाड तीजको इलामको देउमाइ नगरपालिका-९ नवमीमा साँस्कृतिक कार्यक्रम सम्पन्‍न भएको छ । स्थानीय सयपत्री विद्यामन्दिरमा तीज विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम भएको हो ।

प्रतियोगितात्मक कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगितामा मौसमी कटेल, टपरी बुन्ने खेलमा चन्द्र कला भट्टराई ,पोते बुन्ने खेलमा गिता कटेल र सङिनी गायन प्रतियोगितामा चन्द्रकला आचार्य प्रथम भए ।

विद्यालय व्यवस्थापन अध्यक्ष हरी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रीन्सिपल विमल अधिकरी, शिक्षिका इन्दु घिमिरे, उर्मीला राई लगायतले मन्तब्य राखेका थिए ।

शिक्षिका बबिता परियार ले सन्चालन गरेको औपचारिक कार्यक्रम पछिको अनौपचारिक कार्यक्रम भने विद्यालयका प्रीन्सिपल बिमल अधिकारीले सन्चालन गरेका थिए । कार्यक्रममा नारीहरुले विभिन्न गित तथा कबिता समेत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार