मन जित्न स्वास्नीको जाल आफैँ बुन्दा राम्रो
असल लोग्नेले खाएको थाल आाफैँ धुन्दा राम्रो ।।
जीवन जिउँदा झगडा त कहिले काहीँ हुन्छनै
लोग्ने आागो हुँदा स्वास्नी पानी आाफैँ हुन्दा राम्रो ।।
सुख दुख हुन्छ जीवनमा सामना गर्दै जानुपर्छ
दुख पर्दा स्वास्नीको आँसु पुछ्दै आाफैँ रुन्दा राम्रो ।।
साथीभार्इको घुलमिलमा लोग्ने खराव बाटो रोज्न सक्छ
सम्झार्इ बुझार्इ लोग्नेलार्इ असल बाटो आफैँ चुन्दा राम्रो ।।
इर्श्या गरी कुरा काट्ने कति हुन्छन् छरछिमेकी
काग कराउँछ पिना सुक्छ, राम्रा मात्र आफैँ सुन्दा राम्रो ।।