चेतन आाङथुपो
चुलाचुली : कलाको माध्यमबाट समाजलाई रुपान्तरण गर्ने उदेश्य रहेको चुलाचुली रंगमञ्चले चुलाचुली बाल संजाल संगको सहकार्यमा बालविवाहको विषयलाई लिएर गरेको नाटक विभिन्न क्षेत्रमा मञ्चन गरेको छ ।
सोमबार सुरू भएको नाटक चुलाचुली वडा नम्बर ५ स्थित बाँझोगाउँ सामुदायिक विद्यालय, १ कमलस्थित जनता सामुदायिक विद्यालय, २ स्थित जनता (उच्च) सामुदायिक विद्यालय, ४ स्थित बालज्योति सामुदायिक विद्यालय र ५ स्थित भानु सामुदायिक विद्यालयमा नाटक मञ्चन गरेक बाल संजालका अध्यक्ष सन्तोस गिरीले जानकारी दिए ।
शिर्षक विनाको नाटकले विद्यार्थीलाई ४० मिनेटसम्म हसाउँदै मनोरञ्जन साथै नाटकमा खुसी र लाक्पा पात्रको बालविवाह अघिपछि आइपर्ने घटनालाई देखाउन सफल हुन्छ । समाजमा घटिरहने वालविवाहलाई नाटकमा प्रयोग गर्न निकै मेहनत गरेको रंगकर्मी रञ्जित शंकर बताउँछन् ।
उनी भन्छन्, ‘यो यर्थाथ कथा हो । मैले वालविवाह गरेर माईती घरमा बसेर पढ्दै गरेको खुसी नाम गरेकी किशोरीको कथा नाटकमा देखाउन खोजेका छु ।’ निर्देशन अनिल सुब्बा समाज परिवर्तन गर्नलाई ठूलो काम गर्नु नपर्ने बताउँदै समाजलाई सुन्दर बनाउन सामान्य लाग्ने घटना नाटकबाटै गर्न सकिने बताउँछन् ।
नाटकको शिर्षक जुराउन दर्शकलाई जिम्मा छाडेर सुत्रधार बाहिरीन्छ । तीन ठाउँकै विद्यार्थीहरूले नाटक हेरेर भने नाटकको नाम वालविवाह, वालविवाह रोकौं लगायत नाम जुराएका थिए । अनिल सुब्बाको परिकल्पना तथा निर्देशन रहेको नाटकमा जेम्स लिम्बु, दीपिका धमला, सन्तोस गिरी, मनिस मगर, शेखर लाम्गादे, विवेक खतिवडा, रञ्जित शंकरले अभिनय गरेका छन् ।