बाल विवाहको विषयमा नाटक

चेतन अाङथुपो 

चुलाचुली : कलाको माध्यमबाट समाजलाई रुपान्तरण गर्ने उदेश्य रहेको चुलाचुली रंगमञ्चले चुलाचुली बाल संजाल संगको सहकार्यमा बालविवाहको विषयलाई लिएर नाटक तयार गरेका छन ।

चुलाचुली गाउँपालिकामा रहेका ५ वटा सामादायिक विद्यालयहरुमा ५र ६ गते नाटक मञ्चन गर्ने भएको छ ।

पहिलो दिन चुलाचुली गाउँपालिका वडा नम्बर ५ स्थित बाँझो गाउँ सामुदायिक विद्यालय, वडा नम्बर १ कमलस्थित जनता सामुदायिक विद्यालयमा, वडा नम्बर २ स्थित बाह्रगोठे जनता सामुदायिक विद्यालयमा नाटक मञ्चन गर्ने रंगकर्मी रञ्जित शंकरले बताएका छन् ।

नाटकमा जेम्स लिम्बु, दीपिका धमला, सन्तोस गिरी, मनिस मगर, शेखर लाम्गादे, विवेक खतिवडा,रञ्जित शंकले अभिनय रहेको छ भने अनिल सुब्बाको परिकल्पना तथा निर्देशन रहेको छ । नाटकले विद्यार्थीलाई ३० मिनेट मनोरञ्जन साथै बालविवाह के हो शिक्षा प्रदान गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार