गजल

स्पर्श अतित योङहाङ

तिमी भन्दा म नै धेरै जान्नेहरु पाइन्छन् यहाँ
सफलताकाे अघिपछि खुट्टा तान्नेहरु पाइन्छन् यहाँ ।

उस्तै उस्तै क्षमता भएकाे उमेरद्वारहरुमा 
अाफ्ना अाफन्तलार्इ नै छान्नेहरु पाइन्छन् यहाँ ।।

सम्पत्ति त के नी हाेइन नातागाेता ठुलाे हुन्छ
अंश खाेस्न भाइले दार्इलार्इ हान्नेहरु पाइन्छन् यहाँ ।

५‍० प्रतिशत् अधिकार खाेज्छन् महिला दिदीवहिनीहरु
लाेग्नेलार्इ झुकाएर अर्कैसँग अंगालाे बान्नेहरु पाइन्छन् यहाँ ।

महिला अधिकारकाे कुरा गर्छन् पुरुषप्रधान समाजहरु
स्वास्नीलार्इ तह लाउन साइलीकाे भट्टी धान्नेहरु पाइन्छन् यहाँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार