नेपाल अाइडल छनाैटकाे विश्वसनीयतामै उठ्याे प्रश्न

काठमाडाैं : एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल अाइडलबाट प्रमिला रार्इ अाउट भएपछि नेपाल अाइडल छनाैट प्रकृयामाथि नै गम्भीर प्रश्न उठाइएकाे छ ।

अायाेजकले जनताकाे भाेटिङकाे अाधारमा प्रतिस्पर्धीहरू एलिमिनेट (अाउट) हुँदै जाने बताएकाे छ । तर कुन प्रतिस्पर्धीले कति भाेट पाए ? भन्ने प्रश्नकाे जवाफमा अायाेजकले प्रष्ट प्रमाण दिन सकिरहेकाे छैन । यसबाट अायाेजककाे विश्वनीयतामाथि साच्चै प्रश्न खडा भएकाे छ । नेपाल अाइडलबाट प्रमिला रार्इ अाउट भएपछि प्रमिलाका पक्षधर शान्तिराज रार्इले उठाएका छन् ८ सवाल, जुन यस प्रकार छ ।

१. रियालीटी शो भएपछि हारजीतको खेल भएपछि नेपाल आइडलले एसएमएसको कपी राईट्स अरुलाई लाखौमा बेच्नुमा पनि हामीलाई शंका छ की ती कम्पनीहरुले जातीय, क्षेत्रीय नश्लीय हिसाबले दर्शक, श्रोताको मन भावना विपरित खेल खेलिरहेका छन् भन्ने हामीलाई शंका लागेको छ ।

२. नेपाल आईडलको अन्तराष्ट्रिय भोटिङ भनेर घोषणा गर्नु तर पारदर्शी नहुनु । हामीलाई शंका छ अन्तराष्ट्रिय भोट व्यापार र चर्चाको लागि मात्र गर्नु, लाखौ मान्छेको मन भावनासँग मात्र खेल्नु तर अनलाईन भोटिङलाई कुनै महत्व नदिनु । अनावश्यक भोटिङ गराएर समुदाय समुदायलाई लडाउनु खोज्नु ।

३. उदाहरणका लागि सागर आलेलाई टप ८ राउण्डमा जब्बरजस्ती बटम ३ मा राख्नु । प्रताप दासलाई सुरक्षित गर्नु । टप सेभेनमा पनि प्रताप दासलाई सुरक्षा गर्नु ।

४. अडिसन राउण्डमा धरान, दमक जस्ता क्षेत्रका कलाकारहरुमा अडिसन राउण्ड नगर्नु र त्यहाँका कलाकारहरुलाई निरुत्साहित गर्नु ।

५. निशान भट्टराईलाई एकै खालको गीत गाउने अवसर दिनु । जजहरुले कहिले पनि टेक्निकल कमेन्ट नगर्नु । अरुको राम्रो प्रदर्शन हुँदा हुँदै पनि जबरजस्ती  पर्फमर अफ द डे बनाउनु । उदाहरणकाे लागि टप ७ मा प्रमिला राई, बुद्ध लामा वा सागर आलेले पाउन सक्थे तर खासै राम्रो गीत नगाएका । सजिलो गीत गाउन दिएर निशानलाई दोस्राे पटक गिटार दिनु पनि सुनियोजित र लाखौं दर्शकहरुलाई धोका दिनु हो ।

६. बुद्ध लामा र सागर आलेलाई ग्राण्ड फिनालेसम्म लैजाने र निशान भट्टराईलाई नेपाल आईडल बनाउने पूर्व योजना बनाएको लाखौं दर्शक श्रोतालाई आभास भएको छ । बुद्ध र सागरहरु केवल बलीको लागि मात्र तयार पारिएका साधनहरु मात्र हुन् ।

७. हामी समुदाय समुदायबीच फुट ल्याउने यस्ता आईडलहरु यथाशक्य बन्द गर्न हामी कडा चेतावनी दिदैछाै । अन्यथा यसपछि आईपर्ने घटनाहरुको लागि तयार हुन चेतावनी दिदैछौं ।

८. एसएमएस जस्ता डाटाहरु स्पष्ट घोषण गर्न मिल्ने भएका कारण हामी सत्यतथ्य तथ्याङ्क सार्वजानिक गर्न नेपाल प्रहरीलाई समेत अनुरोध गर्नेछौं वा कानुनी उपचारका लागि यस्ता सार्वजानिक महत्वका खेलहरुको लागि अदालत जानेछौं ।

-सार्वजनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार