गजल

 

सी एम ढुङ्गेल माइजोगमाई १ नयाँबजार इलाम हाल बिर्तामोड

चुने छानु टाल्छु भन्दै विदेशीयो छोरो ।

घर परिवार पाल्छु भन्दै विदेशीयो छोरो ।।

 

घरको अवस्था भविस्य त्यो आफ्नु सम्झी…

बरु बालुवा चाल्छु भन्दै विदेशीयो छोरो ।।

 

पढाईका प्रमाण.पत्र मकैका खोस्टा हुंदा…

जुठो भांडा पखाल्छु भन्दै विदेशीयो छोरो ।।

 

सधै भरि ब्याज खोज्ने साउको त्यो मुखमा…

कमाई पैसा विटो फाल्छु भन्दै विदेशीयो छोरो ।।

 

लिपेर गोबर खरले छापेको यो घरमा…

ल्याई बत्ति बाल्छु भन्दै विदेशीयो छोरो ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार