रिलेसनसिप नचाहने वर्षा

Barsha Siwakoti 2

काठमाडौं : पछिल्लो समय सर्वाधिक रुचाइएको चलचित्र ‘नाइँ नभन्नु ल’ हो । यसको सफलताले यस चलचित्रका निर्माता तथा निर्देशक विकास आचार्यलाई यस चलचित्रको सिक्वेल ‘नाइँ नभन्नु ल–२’ बनाउन करै लाग्यो । जसमा ‘नाइँ नभन्नु ल’ मा नायिकाकी छोरीलाई तरुनी रोलमा देखाइनु आवश्यक थियो । आमा नायिकामा हट नायिका प्रियंका कार्की फिट भएपछि सोही अनुरूपकी नायिका खोज्ने क्रममा काठमाडौंको मध्यबानेश्वरस्थित एपेक्स कलेजमा बिबिएमा अध्ययनरत वर्षा शिवाकोटी भेटिइन् ।

त्यसपछि तुरुन्तै त्यस रोलमा वर्षालाई अफर गर्ने कार्य भएको थियो । एपेक्स कलेजमा नै आयोजित मिस्टर एन्ड मिस कलेजमा मिस ट्यालेन्टको टाइटल अवार्ड जितेकी वर्षामा ट्यालेन्ट भन्नु नै उनमा निहित डान्स तथा आउटलुक थियो । जसले गर्दा उक्त चलचित्रका लागि फिट बनायो ।  वर्षाकै भनाइमा कहीँ कतै एक्टिङ नसिकेकोले प्रारम्भमा एक्टिङ देखेर उनी डराएकी थिइन् ।

मैले नसक्ने हो कि भनेर बीचमा नै हात उठाउने सोच बनाउन नपाउँदै निर्देशक विकास आचार्यले नानी तिमीले यस चलचित्रमा राम्रो गर्न सक्छौ भनेर हौसला तथा प्रेरणा दिए । त्यसबाट नसोचेको फिल्मलाइनमा एउटै चलचित्रले मज्जाले चर्चामा ल्याइदिँदा यतिखेर वर्षा दंगै परेकी छन् ।  यसभन्दा अगाडि केही म्युजिक भिडियोमा अभिनय गरे पनि चलचित्र ‘नाइँ नभन्नु ल–२’ पछि भने हिट गायिका मिलन अमात्यको ‘किन लायौ माया परदेशी’ तथा विजेश पौडेलको ‘दिन ढलोस्–रात बितोस्’ बोलका हिट गीतका भिडियोमा अभिनय गरेर लोकप्रियता कायम गर्न सफलता प्राप्त गरिसकेकी छन् ।  सबैखाले गरेर ४० वटा भिडियोमा अभिनय गरिसकेकी वर्षाले ज्वेलेर, साडी, बुटिकलगायतको एडभरटाइजमा मोडलिङ पनि गरिसकेकी छन् ।

पहिलो भिडियो खेल्दा नै १३ हजार पारिश्रमिक पाएको बताउने वर्षा हालसम्म अरूले जस्तो फोकटमा काम गर्न नपरेको गर्वका साथ बताउँछिन । ‘मेरो पहिलो कमाइको केही प्रतिशत आमालाई दिएँ । बाँकी पैसा पहिरनमा नै सकियो’, उनले भनिन् ।  केही समय कन्सलटेन्सी तथा इभेन्ट म्यानेजमेन्टमा जब होल्डर भएर कार्य गरिसकेकी उनी यतिखेर बिबिए क्लियर गरेर बैंकिङ तथा फाइनान्स करियरमा ज्वाइन भएर एमबिए पढ्ने सोचमा रहेकी छन् । यसले गर्दा पढाइबाट बचेको समय मात्र एक्टिङ तथा मोडलिङमा परिचालन गर्ने र बाँकी सबै समय पढाइमा खर्चिने योजना बनाएकी वर्षा अहिले २३ वर्षको जवानीमा रहेकी छन् ।  यस जवानीमा समेत कुनै प्रकारको रिलेसनसिपमा नरहेको उनी बताउँछिन् ।

उनलाई कसैको रिलेसनसिपमा बसेर उनैको अन्डरमा बस्ने मनै छैन ।स्वतन्त्र भएर काम गर्न नै रुचाउँछिन् । ‘यो मेरो नेचर नै भएकोले मलाई हालसम्म कुनै समस्याको महसुस नै भएको छैन’, उनी भन्छिन् । वर्षाकै भनाइमा उनको जिन्दगीमा क्रमिक रूपमा बहार आइरहेको छ । त्यो बहारमा रमाउन जानेकी म रमाइली पनि छु भनेर हँसाउन उनी पछि पर्दिनन् । पछिल्लो समयमा आएर हाल वर्षाले पशुपतिप्रसादलगायत दर्जनौँ चलचित्रमा अभिनय गरेर आफ्नो बेग्लै इमेज र छाप कायम गरिसकेकी छन् । अर्कोतर्फ विभिन्न म्युजिक भिडियोका अभिनयले वर्षाको अभिनयको करियरमा गजबकै वर्षा भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार