नेपाली दूध भारतीय बजारमा

झापा : नेपाली बजारमा भन्दा भारतीय बजारमा दूधको मूल्य बढी पाउने भएपछि दक्षिणी झापाका दूध व्यवसायी दूध बिक्रीका लागि भारतीय बजारमा पुग्ने गरेका छन् ।

कृषकबाट ४० रुपैयाँमा खरिद गरेको दूध डेरीमा दिंदा ३८ देखि ३९ रुपैयाँ मात्र दिने तर त्यही दूध भारतीय बजारमा पु¥याउँदा प्रतिलिटर ३० देखि ३५ भारतीय रुपैयाँमा बिक्री हुने दुग्ध व्यवसायी पुण्यप्रसाद पौडेलको भनाई छ ।

झापा गाउँपालिका–६ का पौडेल किसानले उत्पादन गरेको दूध संकलन गरी दैनिक एक सय ५० लिटर दूध बिक्री गर्ने गरेको बताउँछन् । कनकाई नगरपालिकाको सुरुंगास्थित अमृत दुग्ध विकास संस्थामा काम गर्दागर्दै जागिर छाडेर पौडेलले दूध बेच्न थालेका हुन् ।

झापाको दक्षिणी भारतसँग सीमा जोडिएका घेराबारी, शरणामती, कुमरखोद, केचना, बनियानी लगायत स्थानका कृषक दूध बेच्न भारतीय बजार धाउने गरेका छन् । झापामा आर्थिक वर्ष २०७२/७३ मा चारअर्ब ५० करोड रुपैयाँ बरावरको दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका सूचना अधिकारी कुमारसिंह खत्रीले जानकारी दिए । उत्पादित दूधको ८० प्रतिशत जिल्लामै खपत हुने गरेको जानकारहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार