रायो सागको व्यवसायीक खेतीमा जुट्दै इलामका कृषक

सुजता सुनुवार

इलाम : रायो सागको राम्रो माग हुन थालेपछि इलामका कृषकहरु व्यवसायिक खेतीतर्फ जुट्न थालेका छन् ।

रायो साग खरिद गर्न व्यापारी घरमा नै आउने भएकाले बिक्रिको समस्या नभएको सूर्योदय नगरपालिका स्थित फिक्कलका कृषक रमेश आचार्यले बताउँछन् । उननका अनुसार गाउँ गाउँमा सडक पुगेसँगै झापासम्म लगेर विक्री गर्न सजिलो भएकाले रायो साग व्यवसायिक खेती बन्दै गएको हो ।

रायोको सागलाई तुसारो र हुस्सुले प्रभाव नपार्ने भएकाले यसको खेतीमा कृषकहरुको आकर्षण बढेको हो ।

जिल्लाका पाँच सय ३३ हेक्टर जमिनमा सागको खेती हुँदै आएको छ । जिल्ला कृषि विकास कार्यालय इलामको तथ्याङ्क अनुसार इलाममा वार्षिक ९५ हजार ९४ मेट्रिक टन रायोको साग उत्पादन हुने गरेको छ । यस खेतीबाट कृषकहरुले वार्षिक करिब १० करोड रुपैंयाँसम्म आम्दानि लिँदै आएका छन् ।

इलामको सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका लगायत स्थानका किसान रायो सागको व्यवसायिक खेतीमा लागेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार