इलामको नाटक महोत्सवमा चुलाचुली रंगमञ्चको खाल्डो

नयाँ बुलन्द

चुलाचुली : इलामको दक्षिणी चुलाचुली गाउँपालिका स्थित गाउँमा रहेर रंगमञ्च क्षेत्रमा काम गर्दै आाइरहेको नाटय संस्था चुलाचुली रंगमञ्चले ‘राष्ट्रिय नाटक महोत्सव २०७४ इलाम’ को लागि नाटक “खाल्डो” तयारी गरेको छ ।

असार २१ गते बाट सुरू भएको राष्ट्रिय नाटक महोत्सव २०७४ यसपटक इलाम स्थापना भएको २ सयौं बर्ष पुगेको अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले इलाम नगरमा आयोजना गरेको हो । उक्त महोत्सवमा ‘ग्रामीण सौन्दर्यको खोजी’ नारा रहेको चुलाचुली रंगमञ्चको नाटक खाल्डो असार २४ गते विहानको समयमा मञ्चन हुने भएको छ ।

नाटकको पूरा तयारी भइसकेको नाटक निर्देशन तथा रंगकर्मी केशर भूजेलले बताएका छन । भूजेलले भने, ‘गत वर्ष चरिकोट दोलखामा आयोजना गरिएको राष्ट्रिय नाटक महोत्सवमा देवाङसी राजा नामको नाटक प्रदर्शन गरिएका थियौं । यसपटक फरक प्रयोगमा नाटक खाल्डो मञ्चन गर्ने तयारीमा छौं ।’

चेतन आङथुपोको कथा लेखनमा रहेको नाटक खाल्डो समाजमा घटिरहेको सामान्य पारिवारिक घटनाको यथार्थ जीवनमा आधारित नाटक रहेको संस्थाको अध्यक्ष तथा रंगकर्मि मानहाङ लावती बताएका छन । नाटकमा शरणार्थी र वस्तीको कथा जोडिएको छ, मुख्य नाटकको विषय अभिभावकको जिम्मेवारी वहन गरिरहेका बालबालिकाको इच्छा, सपनाको अपुरो बालमनोभावलाई केन्द्रमा राखेर नाटक देखाइएको छ ।

नाटकमा मुख्य भूमिकामा जेम्स लिम्बू, मनिस मगर, दीपिका घतानी, केशर भूजेल, रञ्जित शंकर, सन्तोस गिरी, शेखर लामगादे, विवेक खतिवडा, प्रमिला राईले अभिनय गरेका छन् ।

एक दसकदेखि गाउँमा नाटक गर्दै आएको ‘नयाँ बाटो नयाँ पाइला नाट्य समूह’ २०६९ सालदेखि चुलाचुली रंगमञ्च नाटय संस्थाको नाममा स्थापित रहेको हो । दुई दर्जन बढी सडक, कचहरी, कथा बाचन, मूर्ति नाटक गर्दै आएको रंगमञ्चले क्षेत्रीय र राष्ट्रिय नाटक महोत्सवमा सहभागी रहेर नाटक मञ्चन गरि सकेका छन् ।

गत वर्ष राष्ट्रिय नाटक महोत्सवमा ‘देवाङसी राजा-२०७३’ मञ्चन गरेको रंगमञ्चले ‘सुवीउ चरी-२०७१’, ‘किपट-२०७०’ लगायत नाटक मञ्चन भएका उत्कृष्ट नाटक हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार