अकबरेमा रोग लागेपछि कृषकहरुमा चिन्ता

सुजता सुनुवार

इलाम : ब्यबसायिक अकबरे खेतीमा लागेका इलामे कृषकहरु यतिखेर लगानी डुब्ने पिरले चिन्तित बनेका छन् । फूल लाग्ने बेलामा बोटमा रोगको सङक्रमण देखिएपछि लाखौं रुपैंयाँ लगानी गरेर अकबरे खेती थालेका कृषकहरुमा चिन्ता छाएको हो ।

तीन वर्षअघिबाट ब्यबसायिक अकबरे खेती सुरु गरेका इलाम माइजोगमाई गाउँपालिका ५ सोयाङ्गका कृषकहरुले ४ लाख ४५ हजार २ सय रुपैंयाँ लगानी गरी व्यवसायिक अकबरे खेती सुरु गरेका हुन् ।

जिल्ला कृषि बिकास कार्यालय इलामले सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट कार्यक्रम मार्फ कार्यालयले सोयाङ्गको लालिगुराँस कृषि सहकारीलाई व्यवसायिक खेतीका लागि दर्ुइलाख ६२ हजार २ सय ७० रुपैंयाँ उपलब्ध गराएको थियो ।

यसैगरी संस्थाले एकलाख ८२ हजार ९ सय ३० रुपैंयाँ सहयोग गरेको सहकारीका सदस्य तथा व्यवसायिक कृषक उमाकान्त चापागाइँले बताउनुभयो । यो बर्षअकबरेबाट एक करोडको हाराहारीमा रकम भित्राउने आशा रहेपनि खेतीमा रोगको सङक्रमण देखिएपछि त्यो अवस्था नहुने पक्का भइसकेको कृषक चापागाइँको भनाई छ ।

चापागाईका अनुसार ६० जना कृषकले दुइसय २० रोपनी जमिनमा लगाएको अकबरे खेतीमा अहिले सेतो पात हुने, पात ओइल्याउने, डाँठ कुहिएर जाने जस्ता रोगहरु देखिएर मासिन थालेको छ ।

खेतीमा रोग लागेपछि जिल्ला कृषि बिकास कार्यालयबाट प्राबिधिकको टोलि गएपनि प्राबिधिकले नै रोग पत्ता लगाउन नसकेको बताइएको छ । प्राविधिकको सल्लाह अनुसार जैबिक बिषादिहरु प्रयोग गरेपनि नियन्त्रण नभएको कृषक चापागाईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार