इलाममा आधुनिक मौरीपालन तालिम

जीवन लिम्बू्

इलाम : अपाङगता भएका व्यक्तिहरुको आय आर्जनका लागि सीपमुलक आधुनिक मौरीपालन तालिम इलाम सदरमुकाममा सुरु भएको छ ।

जिल्ला समन्वय समिति इलाम, इलाम नगरपालिका र घरेलु तथा साना उद्योग बिकास समिति इलामको सहयोग र राष्ट्रिय अपाङग महासंघ इलामको आयोजनामा सात दिने सो तालिम सुरु भएको हो ।

तालिमको औपचारिक कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका स्थानिय विकास अधिकारी ध्रुवबहादुर खड्काले उद्घाटन गरेका थिए ।

महासंघका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा करुणा फाउण्डेशन नेपालका अजित योञ्जन, वौद्धिक अपाङग शसत्तिकरण वरवोटेका कमल साङपाङ, घरेलु तथा साना उद्योगका निरोज र्राई, सहयात्रा नेपालका गोमा शिवा र नेकपा एमालेका नवराज शंकर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

असार १ गते सम्म सञ्चालन हुने तालिममा इलाम जिल्लाका चुलाचुली, फाकफोकथुम, माइजोगमाई र इलाम नगरपालिकाका २० जना अपाङगता भएका व्यक्तिहरुको सहभागिता रहेको छ । अपाङग भएका व्यक्तिहरुलाई आर्थिक उपार्जनका साथै उनिहरुको जीवन स्तर उकास्नका लागि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले वताए ।

कार्यक्रमको सहजिकरण घरेलु तथा साना उद्योग विकास समितिका लेखनाथ दाहाल र जिल्ला समन्वय समितिका ऋषि न्यौपानेले गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार