भिजे‌सँगै‌ मो‌डल बने‌की कविता

इलाम : ईलामकी कविता बान्तवा राई भिजेसँग सँगै मोडल बनेकी छिन् । उनी अभिनित केही म्युजिक भिडियोहरु बजारमा आइसकेका छन् भने केही आउन बाँकी छन् ।
केही महिनाअघि गायक प्रदीप सुन्दासको आवाजमा रहेको गीत ‘आउन डल्ली बाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी राईले करिब आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी छिन । उमेरले भर्खरै २ दशक पार गरेकी राई यो क्षेत्रमा ठुलो सपना बोकेर प्रवेश गरेकी हुन् । उनको चाहना म्युजिक भिडियोसँगै चलचित्रमा अभिनय गर्नु पनि हो ।
महेन्द्र बहुमुखी क्याम्पस इलाममा शिक्षा विषय लिएर व्याचलर पढ्दै गरेकी उनी पढाइसँगै अभिनयलाई निरन्तरता दिने बताउँछिन् ।हाल उनी झापा बिर्तामोडको सूर्योदय टेलिभिजनबाट हरेक दिन प्रसारण हुने कार्यक्रम ‘कल सूर्योदय’की कार्यक्रम प्रस्तोता समेत हुन् ।
यसअघि उनी पाँचथर र इलाममा रहेर रेडियोमा कार्यक्रम चलाउने गर्थिन । म्युजिक भिडियो निर्माणकर्ताबाट विभिन्न अवसरहरु प्राप्त हुने गरे पनि उनले समयलाई व्यवस्थापन गर्दै राम्राखालको भिडियोमा मात्र अभिनय गर्ने सोच राखेको बताइन ।

पछिल्लो समय भिडियोमा देखिदैँ आएको छाडा विकृति र यसले पारेको प्रभावको रुपमा औँल्याउँदै मोडल राईले सामाजिकरुपमा नकारात्मक असर पर्ने भिडियो नखेल्ने बताइन् । विकृति मोडलिङ क्षेत्रमा नभइ स्वयम् व्यक्तिमा रहेकाले यसलाई सबैले सुधार्दै लैजानु पर्नेमा उनको जोड छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार