जीवन लिम्बू
इलम : समकालिन समाजको चित्रण गरिएको इलामे स्रष्टा डा. देवी क्षेत्री दुलाल द्वारा लिखित घर फर्क उपन्यासको अन्तर विमर्श कार्यक्रम शनिवार इलाममा भएको छ ।
दुलालद्वारा लिखित सो उपन्यासमा वैदेशिक रोजगारीका कारण विदेशिएका युवाहरुलाई आफ्नो देश फर्केर स्वदेशमा नै केहि गर्न, पूर्वी नेपालको संस्कार संस्कृति, प्रेम, सांस्कृतिक विद्रोह, समकालिन समाजको यतार्थता आदि समेटिएका छन् ।
फरक आयामका प्रमुख अभियान्ता जितेन मुस्कानको अध्यक्षतामा सम्पन्न कार्यममा सहभागि पाठकहरुको जिज्ञासा माथी कवि विमल वैद्य, प्रकाश थाम्सुहाङ्ग, सुरेन्द्रकुमार राई र लेखक दुलालले आफ्नो धारणा राखेका थिए ।
अग्रज व्यक्ति युद्धप्रसाद वैद्यको प्रमख आथित्यतमा सम्पन्न कार्यक्रममा इलाम सदरमुकारमा रहेका कवि, साहित्यकार, सञ्चारकर्मी, विद्यार्थी तथा अग्रज व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
फरक अभियानका अभियान्ता महेन्द्र विरहीले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि वैद्य, प्राध्यापक केशबहादुर राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममाको सञ्चालन फरक आयामका सुमन छितिज र वावु वलिन्द्रले सञ्चालन गरेका थिए