रंगमञ्चले गर्‍यो चिन्हकाे विषयमा नाटक

चेतन आङथुपो

चुलाचुली : इलामको दक्षिणी चुलाचुली गाउँपालिकामा रहेर नाटकको क्षेत्रमा काम गर्दै अाएकाे नाटय संस्था चुलाचुली रंगमञ्चले चुनाव चिन्हकाे विषयलाई लिएर मंगलबार नाटक मञ्चन गरेको छ ।

चुलाचुली गाउँपालिका वडा नम्बर-५ स्थित भानु माध्यमिक विद्यालय र ४ स्थित जाेगी टाेलमा नाटकमा अालु चिन्ह र पिँडालु चिन्काह उम्मेदवार बीचको द्वन्द्वलाई विषय लिएर नाटक मञ्चन गरिएको रंगकर्मी तथा नाटक निर्देश मानङ लावतीले जानकारी दिए ।

नाटकमा रंगकर्मी केशर भुजेल, दीपिका धमला, रञ्जित शंकर, जेम्स लिम्बू , शेखर लामगादे, विनिता अाङथुपाे, प्रविन मगर, राेसनी हिङमाङ, विवेक खतिवडा र संजय लामगमदेले अभिनय गरेका थिए  ।

उक्त नाटक चुलाचुली गाउँपालिका- ४ स्थित अाईतबारेमा लाग्ने बुद्धजयन्ती (उभाैली पर्व) काे मेलामा समेत मञ्चन गरिने रंगमञ्चले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार