पर्यटकको नयाँ गन्तव्य ढापपोखरी

इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ५ जमुनामा स्थानीयले संरक्षण र निर्माण गरेको ढापपोखरी ।

नयाँ बुलन्द

इलाम : जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित ढाप पोखरी पछिल्लो समयमा पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ । सन्दकपुर गाउँपालिका वडा नम्बर ५, जमुनामा रहेको चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण पर्यटन विकास समितिले निर्माण गरेको पोखरी ५० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

जिल्लाकै सबैभन्दा ठूलो सो पोखरी मानव निर्मित हो । सो पोखरीमा विक्रम सवत २०७१ मा बाँध बानेर पानी जम्मा गर्न सुरु गरिएको थियो । पोखरीले आकार लिन थालेसँगै यहाँ पर्यटकको आगमनमा समेत बृद्धि भएको स्थानियवासी बताउँछन् ।

क्षेत्रफलको हिसाबले सो पोखरी जिल्लाकै सवैभन्दा ठूलो पोखरी भएको चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण पर्यटन विकास समितिका अध्यक्ष बिप्लव भट्टराईले जानकारी दिए । ‘यो पोखरी जिल्लाकै सवैभन्दा ठूलो पोखरी हो, अन्य पोखरी सुक्दै गइरहेपनि यो पोखरी दिनानुदिन फस्टाउँदै गएको छ ।’

२४ जना ब्यक्तिको जग्गा सो पोखरीमा परेको बताइएको छ । अव तत्कालै पोखरीमा डुङ्गा सञ्चालनको तयारी भइरहेको अध्यक्ष भट्टराइले जानकारी दिए ।

सो पोखरी निर्माणमा थप टेवा थप्ने उदेश्यले नयाँ वर्ष २०७४ को अवसरमा बैशाख १ गते शुक्रबार ढाप पोखरी महोत्सव समेत भएको छ । एकदिन सञ्चालित महोत्सवमा जिल्लाका सरोकारवाला निकाय, कलाकार, पर्यटन ब्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

सांस्कृतिक कार्यक्रममा कोमल निरौला, प्रकाश वस्नेत, झुमा निरौला, महेन्द्र लिङ्दम, रमेश बोखिम, राजेश चाम्लिङ, राइजिङ स्टार विरेन फागो लगायतका कलाकारले प्रस्तुती दिँदा उपस्थित दर्शकहरुले उत्तिकै साथ दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार