चेतन आङथुपो
चुलाचुली : कवि राजकुमार सुब्बा ‘अनिश्चित’ को कविता कृति ‘सुदूर गाउँमा’ लोकार्पण भएको छ । झापाको दमकमा आयोजित कार्यक्रममा लोकार्पाण गरिएको हो ।
रूवाइ मञ्च नेपालको सहआयोजनामा दमक लिटेरी ग्रुप झापाले आयोजना गरिएको कार्यक्रममा अतिथिमा कवि/समिक्षक मुनाराज शेर्मा, कवि देवान किराँती, जितेन मुस्कान, अभागी थेगुवा, कवियत्री मिश्र वैयजन्ती, समाजसेवी प्रकाश बुढाथोकी, बालचन्द्र सुब्बा लगायतको उपस्थिति रहेको थियो ।
कृतिकार अनिश्चितको पहिलो कृति “जिन्दगी छ” गजल संग्रह -२०७८, प्रकाशन भएको ६ बर्षपछि दोस्रो कृतिकाे रूपमा सुदुर गाउँमा प्रकानमा ल्याएको हो ।
९५ पृष्ठ रहेको कविता संग्रहमा ४८ वटा कविता रहेका छन । रूवाइकार अशोक बस्नेतले स्वागत मन्तव्य राखेका कार्यक्रममा गजलकार बिवस बलिभद्र कोइरालाले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा एक सय बढी लेखक, पत्रकार ,साहित्यकारहरूको बाक्लो उपस्थिति रहेका थियो । रूवाइ मञ्च नेपालका अध्यक्ष कमन देवानको संयोजकत्वमा कार्यक्रम सम्पन भएको थियो ।