लिम्बुवानका राजा हिलिहाङको शालिक बन्दै

नयाँ बुलन्द

पाँचथर : पाँचथरको दुई ठाउँमा लिम्बुवानका ऐतिहासिक राजा हिलिहाङको शालिक बन्ने भएको छ ।

राज्य एकीकरणका क्रममा तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहसँग सम्झौता गरेर नेपालको वर्तमान स्वरुप बनाउन सहयोग पुर्याएका लिम्बुवानका राजा हिलिङहाङको पूर्ण कदको दुई शालिक बन्न लागेको हो ।

हिलिहाङ फाउण्डेशनको संयोजनमा राजा हिलिहाङको दरबार रहेको पाँचथरको अमरपुर, नागी र मञ्चमीको संगम स्थलमा एक र हिलिहाङ गाउँपालिकाको अञ्चमी बजारमा रहेको हिलिहाङ चोकमा शालिक निर्माण गर्ने तयारी गरिएको हो ।

फाण्डेशनका अध्यक्ष हर्कबहादुर योङहाङका अनुसार प्रति शालिक १० लाख गरेर जम्मा २० लाख रुपैयाँमा शालिक बन्न लगेको हो । यसैबीच, शालिक निर्माणका लागि कोरियामा बसोबार गरिरहेका नेपालीहरुको संस्था याक्थुङ सयङ दक्षिण कोरिया र योङहाङ समाज दक्षिण कोरियाले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

दुई संस्थाको अगुवाइमा संकलन भएको रकम हालै हिलिहाङ फाण्डेसनलाई हस्तान्तरण गरिएको छ । कोरियामा संकलन गरिएको रकम लिएर नेपाल आएका कुवीर लिङदेन, नरेन्द्र योङहाङ, सरोज योङहाङ, मछिन्द्र योङहाङ र सुरेश योङहाले फाण्डेशनलाई रकम हस्तान्तरण गरेका छन् । फाउडेशनकै पहलमा यसअघि पनि पाँचथरै खैल मैन्दान समेत निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार