वार्षिक उत्सवको अवसरमा शैक्षिक सामाग्री सहयोग

नयाँ बुलन्द

इलाम : एनएमवी माइक्रोफाइनान्स लिमिटेड शाखा माइ नगरपालिकाले असहाय र गरिव विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।

एनएमबीको चौथो स्थापना दिवसको अवसरमा माइ नगरपालिका–१ मा रहेको भगवती आधारभुत विद्यालयका २० जना विद्यार्थीहरुलाई कापी कलम लगायतका शैक्षिक सामाग्री प्रदान गर्नुका साथै शिक्षा सम्वन्धी जनचेतनामुलक कार्यक्रम समेत गरेको छ । २

०७० साल चैत्र १ गतेबाट कारोवार थालेको एनएमवी माइक्रोफाइनान्सले हरेक बर्ष रचनात्मक कार्यक्रम गर्दै आफनो बार्षिक उत्वस मनाउने गरेको छ । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा एनएमबीका शाखा प्रवन्धक नेत्रसिँह आले र विद्यालयका शिक्षक छत्र श्रेष्ठले आ–आफनो भनाइ राखेका थिए ।
तस्विर ः एनएमबीद्धारा शैक्षिक सामाग्री हस्तान्तरणपछि

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार