क्लाउनसले विद्यार्थी हसाँए

चेतन आङथुपो

चुलाचुली : बालबालिकालाई हृदय देखिनै हसाँउने उदेश्य रहेको जर्मनी नाटक क्लाउन हुइथआाउट बोडरसले नेपाल शिल्पी थिएटर संग सहकार्य गर्दै पूर्वीका जिल्लामामा रहेका विभिन्न विद्यालयहरूमा नाटक क्लाउन हुइथआउट बोडरसको मञ्चन इलाम चुलाचुलीमा पुगेर सकिएको छ ।

सन् १९९३ मा स्पेन बाट सुरूवात भएको यस प्रोजेक्टले हाल सम्म १४ देशमा रहेका थिएटरहरूसँग सहकार्य स्थापित गर्दै आएको छ । विद्यार्थीको मनोविज्ञानलाई केन्द्रमा राखेर नाटकले जादु, संगीत, शारीरिक कलाको भाषाबाट मनोरञन दिने गरेको छ ।

रंगकर्मी तथा निर्देश घिमिरे युवराजले बालबालिकाहरूको लागि विशुद्ध नाटक रहेको नाटकले मान्छेलाई मुर्ख, जोकर बनाएर भएनी हाँसेर बाँच्न सिकाउने सन्देश दिने बताए । फाल्गुन २१ गते मोरङ झोराहट थिएटरसँग सहकार्य गरेका नाटक टोलिले मोरङका दर्जन विद्यालयमा नाटक मञ्चन गरे लगतै २४ गते इलाम चुलाचुली रंगमञ्चको सहकार्यमा चुलाचुली-७ स्थित बालज्योति माध्यमिक विद्यालय र चुलाचुली अंग्रेजी बोर्डिङ स्कुलका विद्यार्थीलाई नाटक देखाएको थियो ।

यसैबीच सोही दिन झापा दमक-२ को हिमालय उच्च माविमा पुगेर पूर्वका लागि अभियान सम्पन भएको थियो । ४५ मिनेटको नाटकमा जर्मनी रंगकर्मी शिव ग्रिन, अनिता बेचोलनी, अनिता थिफसे र नेपाल शिल्पि थिएटर निर्देश तथा रंगकर्मि घिमिरे युवराजले अभिनय गरेका छन् ।

अभियानकै रूपमा नाटक मञ्चन गरिरहेका नाट्य संस्था क्लाउनस आहने ग्रेन्जेनले नाटक क्लाउन हुइथआउट बोडरसलाई नेपालकै काभ्रे जिल्लाका विद्यालयमा समेत थप मञचन गरि जर्मन फर्किने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार