नयाँ बुलन्द
इभाङ्ग : चार दिवसीय महिला उद्घोषण तालिम इलामको इभाङ्गमा सुरु भएको छ ।
महिला सञ्जाल समिति इभाङ्गको आयोजनामा १०७ औं अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार तालिमको सुरुवात गरिएको हो ।
तालिममा प्रत्येक वडाबाट चार जनाका दरले छनौट गरीएका गाविसका ३६ सहित, आयोजक महिला सञ्जाल र अन्तरपार्टी महिला सञ्जालका गरी ४५ जनाको सहभागिता रहेको छ । वडाबाट सभागीहरु वडा नागरिक मञ्चले छनौट गरी पठाएको थियो ।
तालिममा कान्तिपुर दैनिकका पत्रकार विप्लव भट्टराईले सहजीकरण गरिरहेका छन् ।
महिला सञ्जालकी अध्यक्ष राममाया राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत राम योङ्हाङ, गाविस सचिव चन्द्रबहादुर राउत, सहजकर्ता पत्रकार भट्टाई, नेपाली कांग्रेसमा सभापति इन्द्र सम्बाहाम्फे, एमालेका अध्यक्ष मित्र खड्का, माओवादी केन्द्रका सचिव पृथीमान जवेगू, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष समिक्षा खड्का, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डिल्लीकुमार राई, दलित प्रचिनीधि वीरबहादुर शिवा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रमिला विश्वकर्माले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन पम्फा पुलामीले सञ्चालन गरेकी थिईन् ।