नयाँ बुलन्द
इलाम : नसर्ने रोगकाबारेमा इलामका ११ गाविमा समुदाय स्तरिय अन्र्तक्रिया कार्यक्रम सञ्चालन भइरहेका छन् । नेपालमा नसर्ने रोगीको संख्या धेरै भएको जिल्लाहरुमध्ये यो वर्ष इलाम र कैलालीमा यो कार्यक्रम लागु गरिएको हो । इलाम जिल्ला नसर्ने रोगको उच्च जोखिममा रहेको क्षेत्र मानिएको नसर्ने रोग पेन प्याकेज सम्बन्धि जिल्ला स्तरिय पत्रकार अन्र्तक्रिया कार्यक्रममा आज जानकारी गराइएको छ ।
कार्यक्रम लागु भएपछि इलामका स्वास्थ्य केन्द्रहरु जिल्ला अस्पतालमा कोलेस्ट्रोल बल्ड हाइृट वयट जाँच गर्ने तथा फ्रिज लगायत विभिन्न किसिमको मेसिनहरु स्थापना गरिएको जिल्ला अस्पताल इलामले जनाएको छ । यस्ता मेसिनको प्रयोगबारे स्वास्थ्यकर्मीलाई तालिमको समेत आयोजना गरिएको छ ।
विश्वमा नसर्ने रोगलाई मृत्यु निम्त्याउने रोगहरु मध्ये पहिलो नम्बरमा मानिन्छ । हरेक वर्ष नेपालको कुल मृत्युदर मध्ये ६० प्रतिशत नसर्ने रोगबाट मृत्यु हुने गरेको छ । ८० प्रतिशतले नसर्ने रोगकाबारेमा थाहा पाएर पनि औषधी नखाएको अभियानकी डा. रस्मीता मानन्धरले जानकारी दिइन् ।
नसर्ने रोगहरुमा मुटुरोग , क्यान्सर , मधुमेह , दीर्घ श्वासप्रश्वास रोगहरु आदि पर्दछन् । नसर्ने रोगहरु अश्वस्थ्यकर जीवनशैली , सुर्तिजन्य पदार्थको प्रयोग , अश्वस्थ्यकर खानपिन , अपर्याप्त शारिरीक सकृयता , धुम्रपान र मध्यपान गर्ने जस्ता कृयाकलापले यस्ता घातक रोग निम्तिने खतरा रहेको पाइएको छ । यस्ता रोगको उच्च जोखिममा इलाम पनि परेकोले हाल कैलालीसँगै इलाममा पनि यो कार्यक्रम लागु गरिएको छ । आगामी वर्ष अरु ८ जिल्लामा यस कार्यक्रमको प्रस्ताप गरिएको पेनप्याकेजका फोकल पर्सन अम्बर बहादुर बस्नेतले बताए ।
विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा नेपाल सरकार राष्ट्रिय श्वास्थ्य शिक्षा तथा सुचना केन्द्र टेकु काठमाण्डौँको आयोजनामा भएको कार्यक्रम डा. प्रभु शाहको अध्यक्षता तथा सहायक प्रमुख अधिकारी सुजन फागोको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।