जीवन लिम्बू
इलाम : कवि, साहित्यकार एवम् पत्रकार सचित राईद्वारा लिखित निबन्ध संग्रह ‘माङखिम’ विर्मश तथा रचना वाचन कार्यक्रम शनिबार इलाममा भएको छ ।
कार्यक्रमममा राईको कृतिमाथी डाक्टर देवि क्षेत्री दुलाल र मोहनसिंह थेवेले समिक्षा गरेका थिए । गत वर्ष नै प्रकाशनमा आएको सो कृतिको काठमाण्डौंमा कवि बैरागी काइलाले गत ५ चैतमा बिमोचन गरेका थिए ।
विगत डेढ दशक यता गृह जिल्ला छाडेर काठमाण्डौं बस्दै आएका राईको निबन्ध संग्रहमा पर्यटकिय क्षेत्र, ऐतिहासिक व्यक्तित्व र इलामको पहिचान समेटिएका १६ वटा निबन्धहरु समावेश गरिएका छन् ।
सो कृति इलाम समाज हङकङको संयोजनमा प्रकाशनमा ल्याइएको हो । कार्यक्रममा नेपाली कांग्रेशका भेषराज आर्चाय तथा कृष्ण राई र लेखक राई स्वयमले आ-आफनो भनाइ राखेका थिए ।
कवि विमल वैध्य र खेम राईले सञ्चालन गरेको कार्यक्रममा कवि देवी भट्टाई, शिसिर भट्टाई, बाबु वलिन्द्र योङहाङ, अन्वेश थुलुङ राई, भीम योङहाङ, निर्मल दियाली, अर्जुन योङहाङ, सुमन छितिज, उमेश कल्पित, दिपेन्द्र दिनदुखी लगायतले रचना बाचन गरेका थिए ।