जनसेवा सहकारीको प्रथम साधारणसभा 

नयाँ बुलन्द

साङ्गरुम्बा : साङरुम्बा-३ मा रहेको जनसेवा महिला कृषि सहकारी संस्थाले आफ्नो प्रथम साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाबाट नयाँ कार्य समिती समेत चयन गरिएको छ । समितीको अध्यक्षमा भिमकुमारी राई, उपाध्यक्ष कमला लिम्बु, सचिवय मुनादेवी रिजाल, सहसचिव सविता राई, कोषाध्यक्ष कुसमाया राई, सदस्यहरुमा रेणुका रिजाल, विश्वरानी एक्तेन, फुलमती राई र विन्दु तामाङ रहेका छन ।

सविता राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी हिमचुली सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मोहनप्रसाद पोखरेल रहेका थिए । संस्थाकी सदस्य रेणुका रिजालले ४२ हजार नौ सय ४१ रुपैया नाफा सहितको दुई लाख ५९ हजार पाँच सयको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

साथै व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले संस्थालाई दिएको दुई लाख ९७ हजार रुपैयाँबाट १५ जना कृषकहरुलाइ तालिम दिनुका साथै अन्तर जिल्ला भ्रमण र ३ वटा पावर ट्रेलर खरिद गर्ने निर्णय गरेको  छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार