एक महिने हुर्रा नृत्य प्रशिक्षण सम्पन्न

नयाँ बुलन्द

सुर्योदय : नेपाल मगर संघ सुर्योदयन नगर समिति इलामले सञ्चालन गरेको मगर जातिहरुको एक महिने हुर्रा नृत्य प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ ।

नयाँ पुस्तामा आफ्नो संस्कार संस्कृतिको विकास होस् भन्ने उद्देश्यले गत ७ माघबाट कार्यक्रममा सुरु गरिएको थियो । सो प्रशिक्षणको सहजिरण हरिकुमार वुर्जा मगरले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ इलामका सचिव इश्वर लुङगेली र विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ नगर समिति अध्यक्ष सोनाम  यल्मो लगायतले शुभकामना मन्त्य राखेका थिए ।

कार्यक्रम सुर्योदय नगरपालिका-३ स्थित तिनघरेको सामुदायिक भवनमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार