पवित्रहाङमा लिङदेनको ६१ औं जन्मोत्सव

नयाँ बुलन्द

माङसेबुङ : किरात धर्मगुरु आमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६१ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको नोमाङगेन्ना सेवा विभिन्न कार्यक्रमका इलामको माङसेबुङमा सम्पन्न भएको छ ।

व्यवस्थापिका संसदका माननीय सांसद भिष्मराज आङदेम्बेको प्रमुख आतिथ्यमा सम्पन्न जन्मोत्सव समारोहमा पवित्रहाङमा रनिङ गोल्ड कपका विजेता माङसेबुङ युथ सोसाइटी माङसेबुङ र उपविजेता न्यू स्टार किर्तिपुर मोरङका खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रमुख अतिथि आङदेम्बेले समारोहको संबोधन गर्दै पवित्र थलो माङसेबुङ कुनै एक जाती र भाषीको मात्र नभई सबैको साझा पहिचान भएको बताए ।

पहिचान सम्पतिले किन्न नसकिने बताउदै उनले आदिवासी जनजातिको पुर्खाहरुको पहिचानहरु कसैले नामेट गर्न खोज्यो भने आन्दोलनको आँधीबेहरी गई रक्तपात हुने धारणा राखेका थिए ।

आङदेम्बेले स्थानीय चुनाव गर्न बाध्यात्मक स्थितिमा मुलुक गुज्रिएको बताउँदै त्यसका लागि समय अनुकूल संविधान परिमार्जन र संशोधन गरेर अघि बढ्न सकिने विचार व्यक्त गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार