रेडपाण्डा संरक्षणमा इलामका उपभोक्ता संरक्षण जुटे

सुजता सुनुवार

इलाम : इलाममा वन फँडानी, चोरीतस्करी र खुला चरिचरनका कारण रेडपाण्डा लोप हुने खतरा बढेपछि इलामका वन उपभोक्ता समिति संरक्षणमा जुटेका छन् ।

जिल्लाको उत्तरी क्षेत्रका सामुदायिक वनमा अहिले पनि चौँरी तथा गाईगोठ वनाउने, जङ्गलमा कुकुर लिएर सिकार गर्न जाने, वन फडानी गर्ने क्रम बढेसँगै रेडपाण्डा लोप हुने अवस्थामा पुगेपछि उपभोक्ता समिति संरक्षणमा जुटेका हुन् ।

रेडपाण्डा संरक्षक कुमार बुढाथोकीका अनुसार गोठ सार्दै जाँदा हुने वन फँडानीका कारण रेडपाण्डाकोे आहारा र वासस्थानमा समेत असर पर्ने गरेको छ ।

सीमावर्ती क्षेत्रबाट भारतीयले दाउरा लैजाने गरेकाले वन्यजन्तुको नेपाल–भारत आवतजावत गर्ने मार्ग टुट्दै गएकामा उनीहरूले चिन्ता व्यक्त गरेका छन् । नेपालमा ७० प्रतिशत रातोहाब्रे संरक्षित क्षेत्रभन्दा बाहिर रहेकाले यसको अस्तित्व जोगाउन चुनौतीपूर्ण रहेको छ ।

मध्यपहाडी क्षेत्रमा संरक्षित क्षेत्र कम भएकाले रातोहाब्रे संरक्षण चुनौतीपूर्ण रहेको अर्का रेडपाण्डा संरक्षणकर्मी फिन्जु शेर्पाले बताए । नेपालमा एक हजारको हाराहारीमा रातोहाब्रे पाइने अनुमान गरिन्छ । त्यसमध्ये २५ प्रतिशत रातोहाब्रे इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका उत्तरी क्षेत्रका सामुदायिक वनमा पाइने गरेको छ । यसको दिसाबाट सङख्या यकिन गर्ने काम थालिए पनि पूरा हुन सकेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार