डिकेश लामा
चुलाचुली : इलामको चुलाचुली क्षेत्रको विकासका लागि आयोजना गरिएको चुलाचुली महोत्सव शनिवार सम्मान तथा साँस्कृतिका कार्याक्रम गरी समापन भएको छ ।
चुलाचुलीको सान, कला सँस्कृति खोज अभियान भन्ने मुल नारा लिएर शुरु गरिएको महोत्सवमा मुख्य गरी चुलाचुली क्षेत्रमा भएका रहेका स्थान, प्रतिभा र पर्यटकीय संभवानका विषयहरुलाई उजागर गरिएको आयोजक समितिका अध्यक्ष सञ्जय धमलाले बताए ।
यो महोत्सवले नयाँ संविधान अनुसार पुर्नगठित साकफारा र चुलाचुलीको नयाँ बन्ने गाऊँ पालिका भवनको क्षेत्रलाई समेत उजागर गरेको महोत्सवका प्रमुख सल्लाहकार राजेन्द्र केरुङ्गले बताए ।
महोत्सवमा राष्ट्रिय स्तरका कलाकार मेलिना राई, कमल खत्री, बोके दाह«ी श्रीकृष्ण लुईंटेल, विल्सन विक्रम राई लगायत स्थानीय कलाकारहरुको दैनिक गायन र नृत्य प्रस्तुत गरे ।
महोत्सवमा चुलाचुली क्षेत्रमा रहेर साहित्य सृजनामा ख्याती कमाएका सुन्दर कुरुप, विवश वलिभद्र, उद्धव न्यौपाने लगायतले समेत सृङ्गारिक सृजना मार्फत माहोल तताए । महोत्समा चुलाचुली चुलाचुली डान्स सो, चुलाचुली तारामा सहभागी २ सय ५० जना मध्ये उत्कृष्ट १०÷१० जनाको समूहले समेत कला प्रदर्शन गरे ।
समापन समारोहका प्रमुख अतिथि चुलाचुली गाविसका कार्यकारी प्रमुख गोविन्द सुवेदीले चुलाचुली वडा नं. १ देखि ९ वडा र अन्य क्षेत्रका ३ दर्जन राजनैतिक, शैक्षिक, सामाजिक र व्यवसायिक अगुवाहरुलाई सम्मान समेत गरिएको छ ।
चुलाचुली जस्तो अपायक स्थानमा किशोर अवस्थाका युवाहरुले आयोजना गरेको समहोत्सवमा समेत आशा गरेको भन्दा धेरै मानिसहरुले अवलोकन गरेकोले स्थानीय युवाहरुको हौसल्ला बढेको आयोजक समितिका उपाध्यक्ष प्रकाश सुहाङ्गले जानकारी दिए ।