गजल

शिशिर भट्टरार्इ, इलाम

शीरमाथि सगरमाथा बोकी हिडेका छौ

गोर्खालीको वीर गाथा बोकी हिडेका छौ।

जनक, बुद्ध ,फाल्गुनन्द हाम्रै पिता पुर्खा,

रगतमा यही नाता बोकी हिँडेका छौ।

डेउडा, बालुन, सङ्गिनी र सेलो सँगसँगै,

हाक्पारेका मिठा भाका बोकी हिँडेका छौं ।

पहाडमा जडीबुटी, बेंशी धानका बाला,

हिमालका गुँरास पाखा बोकी हिँडेका छौं।

कतै डम्फू, कतै च्याब्रुङ, कतै खैजडीछन् ,

सारङ्गी र पंचेबाजा बोकी हिँडेका छौं।

बगैचाझैं देश फुलोस,यही लक्ष्य हाम्रो,

जीवन चै सधै सादा बोकी हिँडेका छौं।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार