गजल

महेन्द्र विरही

अनौठो समाचार म सुनिरहेछु
नहुँदो बारम्बार म सुनिरहेछु

आफ्नै बावु दानव बनेर आज
छोरीमाथि बलत्कार म सुनिरहेछु

लोकतन्त्र रहेछ हत्कडी सँगै
अभियुक्त फरार म सुनिरहेछु

निर्धा कर्मचारी दुर्गममा खटाइन्छ
बोलवालाई भन्सार म सुनिरहेछु

ठूला हत्यारा खुलेआम हिँड्दैछन्
मकै चोरलाई कारागार म सुनिरहेछु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार