प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अर्याल पुरस्कृत

पुरस्कार प्रदान गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सटेन्द्र जवेगू ।

नयाँ बुलन्द

इलाम : प्रेस चौतारी इलामले यस वर्षदेखि सुरु गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट कोल्बुङका पत्रकार गणेश अर्याल पुरस्कृत भएका छन् ।

प्रेस चौतारी नेपालको १९ ‍औं स्थापना दिवसका अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी प्रेस चौतारीका केन्द्रीय सदस्य सटेन्द्र जवेगूले अर्याललाई नगद र सम्मानपत्रले पुरस्कृत गरेका हुन् । सो पुरस्कारको राशी नगद पाँच हजार रुपैयाँ रहेको छ ।

अर्याल एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । आँखा साप्ताहिकबाट पत्रकारिता सुरु गरेका अर्याल हाल झापाबाट प्रकाशित पूर्वाञ्चल दैनिक, इलामबाट सन्दकपुर दैनिक र रेडियो फिक्कलमा कार्यरत छन् ।

चौतारी इलामका अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी केन्द्रि सदस्य जवेगू, नेकपा एमाले इलामका सचिवालय सदस्य तथा प्रचार विभाग सचिव नवराज शंकर, चौतारीका पूर्व उपाध्यक्ष डा. देवी क्षेत्रि दुलाल, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष रोहितचन्द्र भट्टराई लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

सो पुरस्कारबाट अन्य वर्षहरुमा समेत सदरमुकाम भन्दा बाहिर रहेकर पत्रकारितामा क्रियाशील एक जना पत्रकारलाई चौतारीको स्थापना दिवसका दिन पुरस्कृत गर्ने चौतारी इलामले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार